Rashtriya Dainik

धीरज त्रिपाठीद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

रंजीत शर्मा/ नवलपरासी /३१ चैत्र ।

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वाड नं ३ मा रहेको सन्तोष कपडा पसल एवम् दाजु भाइ गार्मेन्टमा ३ दिन पहिला बिद्धुत सर्किट भई आगलागि हुँदा २१ लाख क्षति भएको पीडित परिवारलाई युवा नेता धीरज त्रिपाठीले विशेष आर्थिक सहयोग गर्दै थप सहयोगको लागि पहल गर्ने बताएका छन्।

२९ गते आगलागिबाट पसलमा रहेकाे मेसिन ,कपडा दराज , कोट पाइन्ट लगायतकाका सामाग्री जलेर पुर्णरुपमा नस्ट भएकाे थियाे । अागलागिबाट २१लाख बराबरकाे क्षति भएकाे पसलका सन्चालक सन्ताेष हरिजनले बताएका थिए।

सञ्चालक सन्तोष हरिजन अनुसार ” हालसम्म विभिन्न व्यक्ति बाट सामान्य जीवनयापनका लागि आर्थिक सहयोग गरेका छन । तर पीडित परिवारको पसल भन्दा अन्य कुनै पनि आम्दानीको श्रोत न भएकोले आवश्यक सहयोग गर्ने सबै सँग घुहार समेत गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित