उमेश बि.क / नवलपरासी , ३१ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा
कर्मचारी मिलन केन्द्र सरावल गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कर्मचारी मिलन केन्द्र सरावलका अध्यक्ष नरेश कोहारकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीकाे प्रमुख अातिथ्यतामा नयाँ वर्ष २०७८ को अवसरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदानप्रदान गरिएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले संघीयताको अनुभूति हुने गरि कार्यक्रम ,बजेट र नीति बनाउने भएकोले त्यसलाई कार्यान्वयन र सफल बनाउन कर्मचारीको ठूलो भूमिका रहने बताउनुभयो । सबैले आफ्नो जिम्मेवारी बुझेर नयाँ वर्षमा नयाँ जोश,जाँगर र उत्साहका साथ लागेमा नमूना गाउँपालिका बनाउन सकिने विचार व्यक्त गर्दै नयाँ वर्षको २०७८ सालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुको सम्बन्ध रहेकोले सबै मिलेर समृद्धि ल्याउनुपर्ने बताउनुभयो । जनप्रतिनिधिले बनाएका नीति,प्रतिवद्धता कर्मचारीले पूरा गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कर्मचारी मिलन केन्द्र सरावलका अध्यक्ष नरेश कोहारले नयाँ वर्षमा नयाँ उमंगका साथ जनताको सेवामा खटिने प्रतिवद्धता व्यक्त गर्नुभयो । आगामी दिनमा सरावल गाउँपालिकाका जेष्ठ नागरिकसँग कर्मचारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै त्यसका लागि आफूले दुई प्रतिशत तलब योगदान गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष भेषनारायण चौधरी, वडा नं ४ का अध्यक्ष छोटेलाल यादव,वडा नं ५ का अध्यक्ष दिनेश सहानी,वडा नं ६ का अध्यक्ष कैलाश यादव, कार्यपालिका सदस्य छिमादेवी चौधरी , कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष सन्तकुमारी चौधरी, सचिव प्रेम बहादुर थापा,डोल्मा लामा,स्वास्थ शाखाका खेमनारायण खनाल,वडा नं ४ का सचिव अशोक पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

