Rashtriya Dainik

जंगलमा लागेको डडेलोले ग्वाना सिचाइ योजनाको पाइपलाइ जल्दा लाखौंको क्षति

शिवजी मण्डेल / बझाङ ३० चैत

बझाङ जिल्लाको थलारा गाउँपालिका ३ मा जंगलमा लागेको डडेलोका कारण ग्वाना सिचाइ योजनाको पाइपलाईन जलेको छ ।
दुई वर्ष अघि सिचाइ डिभिजन बझाङद्वारा निर्माण गरिएको उक्त योजनाबाट थलारा गाउँपालिका वडा नं ३ सिमल्लेखको करिब २ सय नाली खेतीयोग्य जमिनमा सिचाइ हुँदै आएको थियो । स्थानीय ठाउँ मानेकोरेला भन्ने स्थानबाट शनिबार बेलुकी ५ बजेतिर डडेलो सल्केको र आगो नियन्त्रणमा लिन खोज्दा पनि नसकिएको थलारा गाउँपालिका वडा नं ३ का वडा सदस्य कृष्ण चौहानले बताए ।

उनका अनुसार ग्वाना देखि सिमल्लेख सम्मको उक्त सिचाइ योजनामा भीरै भीर भएकालेे सिमेन्टका थुम बनाई पाइपलाईन नाङ्गै जोडेर ल्याएको थियो । आगोले उक्त स्थानको करिब ५ सय मिटर पाइपलाइन जलाएर लाखौंको क्षति गरेको छ । रोपाइँको लागि बेर्ना रोख्ने बेलामा सिचाइको पाइपलाइन जलेपछि त्यहाँका बासिन्दा निरास भएकाछन् । आगो कसले लगायो अझै पत्ता लागेको छैन । आगो अझै नियन्त्रणमा नआएको र निरन्तर खप्तड राष्ट्रिय निकुञ्जतिर बढीरहेको पनि सदस्य चौहानले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित