Rashtriya Dainik

कांग्रेस नेता नबिन्द्र राज जोशीको सम्झनामा परासीमा दिप प्रज्वलन

२६ चैत्र /नवलपरासी। नेपाल विद्यार्थी संघको केन्द्रीय परिपत्र अनुसार आज नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिती नवलपरासी(ब.सु.प) ले नेपाली कांग्रेस नेता नबिन्द्र राज जोशीको १३ औ पुण्य तिथीका अवसरमा जिल्ला सदरमुकाम परासीको बुद्ध चोकमा दिप प्रज्वलन गरेको छ।

नेपाल विद्यार्थी संघ, नवलपरासी(ब.सु.प) का निबर्तमान अध्यक्ष दधीराम पौडेलको अध्यक्षता तथा नेपाली कांग्रेस, जिल्ला कार्यसमिती सदस्य एवं प्रखर महिला नेतृ आरधना भट्टको प्रमुख आतिथ्यता भएको सो कार्यक्रममा ने.बि संघ नवलपरासीका क्षेत्रीय सभापती नारायण भण्डारी,युवराज पाण्डे, पुर्व क्षेत्रीय सभापती रोशन शाह, बिपि कोइराला स्ट्डि युथ सर्कलका लुम्बिनी प्रदेश सदस्य सुरज राज राई र रन्जित शर्मा, प्रेस युनियनका प्रदेश पार्सद श्याम बुचा मगर, युवा सजकता अभियान बर्दघाट नगरपालिकाका संयोजक मुक्ती तिवारी, ने.बि संघ रामग्राम नगरपालिका अध्यक्ष अमन गुप्ता लगायत ने.बि संघका क्याम्पस इकाई, गाउँ नगर तथा जिल्ला कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

सो कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका नेता किशोर गैरेले नबिन्द्र दाईलाई स्मरण गर्दै उहाको जीवनका मूल्य र पद्धतिलाई अनुसरण गर्दै नबिन्द्र दाईको आत्मनिर्भर नेपाल निर्माणको सपना पूरा गर्ने भन्दै नबिन्द्र राज जोशिको जीवन, ब्याक्तित्व अनि राष्ट्र र लोकतन्त्र प्रतिको योगदानको चर्चा गर्नु भयो।

साथै प्रमुख अतिथी कांग्रेस नेतृ आरधना भट्टले नेता नबिन्द्र राज जोशीको भैतिक शरीर हामी माझ नभए पनि उहाको बिचार, दर्शन र कर्म युग युग सम्म अमर रहेको उहाको सादगी पन र कृयाशिलताको चर्चा गर्नु भयो।

साथै सो दिप प्रज्वलन कार्यक्रममा नि. अध्यक्ष दधी पौडेलले उहाले काठमाडौ महानगरको मेयर हुदा गरेका कार्यहरु तथा उद्योग मन्त्री रहेर ९ महिना १४ दिनमा देखाएको कार्य प्रगतीको बिबेचना गर्दै कार्यक्रम समापन गर्नु भयो। साथै कार्यक्रमको सन्चालन ने.बि संघ जिल्ला कार्यसमिती सदस्य चेत नारायण भण्डारीले गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित