नेपाल पत्रकार महासँघ जिल्ला शाखा बझाङको पाँचौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । हिजो जिल्ला समन्वय समीतीको हलमा नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको थियो । हिजो राती ६ बजेबाट सुरु भएको मतगणना कार्य राती १२ बजे सम्पन्न भएको जनाएको छ । जसमा नेपाल प्रेश युनियन पे्रश चौतारी र पे्रश सेन्टरका सँयुक्त प्यानलका अध्यक्ष शैलेन्द्र रोकाया बिजय भएका छन् । अध्यँमा शैलेन्द्र रोकाया ५२ मत ल्याई बिजय भएका छन् भने उहाका प्रतिदोन्दी रमेश केसलिे १० मत पा्रप्त गरी ३८ मतले पराजित भएका छन् । त्यसै गरी उपाध्यक्षमा सर्माट सीह , सचिबमा ललीत सीह , सहसचिबमा दोरेन्द्र खड्रका , काषाध्यक्षमा सुबास कठाएत बिजय भएका छन् । सदस्यमा भने झलक सीह ,बिष्ण्ु खड्रका , आसीस सिह , दिनेश बोहरा, असोक खड्रका , उत्तम थापा , बिर्ख बोहरा , धुर्ब बिष्ट चयन भएका छन् । जिल्लामा जम्मा मतदाता सख्या ८२ जना रहेको भएपनि ६८ जनाल मतदान गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

