पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका वडा नं २ मुडेरा र वाड नं ०५ सिसवामा अागलागी हुदा सयौं बिगाहा गहुँबाली जलेर नष्ट भएको छ।
गहुँ काटेकाे खेतमा आगो लगाउने क्रममा हावाकाे बहापले अागलागी भएको हुदा लाखौँको क्षति भएको सशस्त्र प्रहरी बल गेरमाका इन्सपेक्टर हरि प्रसाद रेग्मीले जानकारी दिनु भएको छ ।
आगो लगाउने मान्छेको पहिचान नभएको तथा आगलागि भएपछि सशस्त्र प्रहरी बल हरपुर, सशस्त्र प्रहरी बल गेरमाका सुरक्षाकर्मी, ईलाका प्रहरी कार्यालय पिपरहावा , गेरमाका प्रहरी जवान तथा स्थानिय बासिको सहयाेगमा आगोलाई नियन्त्रणमा लिईएको थियो ।

पाल्हीनन्दन गाउँपालिकामा दमकल नहुँदा छिमेकी पालिका रामग्राम नगरपालिकाको दमकलले सहयाेगमा अागाे नियन्त्रण गरिएको थियाे ।

आगो लगाउने मान्छेको खोज तलास भइरहेको ईलाका प्रहरी कार्यालय पिपरहवाले जनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

