दिपेन्द्र खत्री ,२५ चैत्र-अर्घाखाँची ।
अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वडा नः२ र ३ काे जङ्गलमा आगलागी भएको छ। दुईदिन देखि वन र खरेनमा आगलागी भएको हो।
जंगलमा हिज अर्थात २४ चैत्रमा आगलागी भएको थियो। स्थानीयवासी र सुरक्षाकर्मीले निभाएको भएपनि फेरि अाज आगलागी भएको ईलका प्रहरी कार्यलय खनले जनाएको छ।

भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भए पनि अहिले अागाे नियन्त्रणमा अाएकाे प्रहरी निरिक्षक चुरामणी पुनले बताउनुभयाे। मानव बस्ती नजिकैको दूरीमा आगलागी भएको थियाे ।अागाे बाट उक्त स्थानका २४ वटा घर सम्म जाेखिम रहेका थिए। तर सबैकाे पहलमा अहिले जाेखिम मुक्त रहेकाे उहाँले बताउनुभयो ।
आगलागीबाट मानवीय तथा पशुचौपाय क्षति भएको छ। स्थानीयवासी, नेपाल प्रहरी, जनप्रतिनिधि ,शिक्षक लगायत स्मार्ट युवा क्लबकाे टोली आगो निभाउन खटिएको मालारानी गाउँपालिका वडा नः३ का वडा सदस्य शाेभाखर खनालले जानकारी दिनुभयाे ।उक्त भेगकाे अनुमानीत १५० राेपनी जमिनमा अागाे लागेकाे उहाले बताउनुभयो ।

यसभन्दा अघि उक्त भेगकाे जङ्गलमा यस्ताे किसिमले आगलागी नभएको स्थानीय भागिरत खनालले बताउनुभयो अागाे नियन्त्रण काे लागि लागिरहेका स्थानीय एक जना व्यक्ति घाइते सम्म भएका छन्। आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन,उहाले भन्नू भयाे कस्ले जङ्गलमा आगो लगाइरहेको छ भन्ने खुलेको छैन। आगलागीका कारण वनमा रहेका जडिबुटी ,वन्यजन्तु ,काठ लगायत जनावरको विनाश भइरहेको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

