Rashtriya Dainik

तलब नपाएको भन्दै नगपालिकामा शान्तीपुर्ण धर्ना तालाबन्दी गर्ने चेतावनी

लुम्बिनी, २४ चैत÷ रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा तलब नपाएको भन्दै नगरपालिकाको विभिन्न विद्यालयमा पढाउदै आएका ७ शिक्षकले नगरपालिकाको कार्यालयमा शान्तीपुर्ण धर्ना दिएका छन् ।
साउन देखि अहिलेसम्म तलब नपाएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाईको शिक्षण सिकाई अनुदान शिक्षक संघर्ष समिति लुम्बिनीका संयोजक रामु यादवले बताएका छन् । केही महिना अघि केन्द्रबाट नै अनुदानको रकम नपाठएपछि विभिन्न चरणमा संघर्ष गरी माग गरिएको तलबको रकम नगरपालिकामा आएपनि शिक्षकको खातामा पठाउन नगरपालिकाले आलटाल गरेकोे उनले बताए । शिक्षण सिकाई अनुदानको लागि उक्त नगरपालिकामा आ.वा. २०७७÷०७८ को लागि २१ लाख ६० हजार उनले जानकारी दिएका छन् ।
शिक्षा शाखा प्रमुख कुल प्रसाद न्योपानेलाई धरै पटक यसको विषयमा भेटदा आस्वाशन मात्र पाइएको अर्का शिक्षक हरिशंकर यादवले बताए ।
उक्त संघर्ष समितिले चैत १३ गते नगरप्रमुखलाई सम्बोधन गर्दै ध्यानाकर्षण पत्र बुझाएको तर कुनै चासो नभएको शिक्षकहरुको गुनासो छ । ध्यानाकर्षण पत्रमा साउन देखि बाकि रहेको तलबलाई भुक्तानी पाउन र दरबन्दी मिलान वा अन्य कुनै बहानामा अनुदानका शिक्षकहरुलाई विस्थपित गर्न नहुने माग गरेका छन् ।
माग सम्बोधन नभएमा चैत २६ गते शिक्षा शाखामा तालाबन्दी गर्ने, चैत २९ गते नगरपालिकाको मूल गेटमा तालाबन्दी गर्ने र ३१ गते कक्षा ६ देखि १० सम्मका विद्यार्थी, शिक्षक, विद्यालय व्यवास्थापन समितिका पदाधिकारी, विभिन्न समाजसेवी तथा संचारकर्मीहरुको उपस्थिती गराई नगरपालिका अगाडी विरोध सभा समेत गर्ने संघर्ष समितिका संयोजक यादवले बताएका छन् ।

लुम्बिनी संस्कृतिक नगरपालिकाको प्रमुख प्रसशकीय अधिकृत भुपेन्द्र पाण्डेयले अनुदान शिक्षकहरुको तलब पठाउन प्रकृया अगाडी बढीसकेको बताए । शिक्षकहरुको हाजीरी रेकर्ड लगायत अवश्यक अनुगमन गरी तलब भुक्तानी गर्न कागजहरु शिक्षा शाखामा पठाइसकिएको र आफुले केही कामको लागि बाहिर गएको हुदाँ भुक्तानीमा समस्या भएको जानकारी दिए । सबैले पाउनुपर्ने तलब छिट्टै भुक्तानी हुने पाण्डेयले जानकारी दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित