Rashtriya Dainik

धन सङ्गै सिप समेत लिएर स्वदेश फर्किएका सुरजले स्वदेशमै रोजगारी प्रदान गर्दै

पुरन अधिकारी ,पश्चिम नवलपरासी

रोजगारीको शिलशिलामा भारतको गुजरात स्थित सुरतमा ७वर्ष बिताएपछि रामग्राम १० पश्चिम नवलपरासीका सुरज प्रसाद थारुले केहि धन सङ्गै सिप पनि लिएर स्वदेश फर्किए ।
सधै परदेशमै काम गर्नु भन्दा आफुसङ्ग भएको सिपले स्वदेशमै स्वलम्बन हुन सकिन्छ भन्ने दृणताका साथ हाल उनले आफुले कमाएको रकम र स्वदेशको आफ्नो पुजी लगाएर ४३ लाखको लगानीमा साडी ,कुर्तासुरुवाल,लेहेङ्गा,टिसर्ट ,टोपी र टाई जस्ता कपडाहरुमा कडाइ ,लोगो र अक्षरहरु रङ्गिबिरङ्गि धागोद्वारा नै बुन्न र लेख्न सकिने कम्प्युटराइज कडाइ मेसिन र केही थान सिलाइ मेसिन समेत राखेर गारमेन्ट क्षेत्रमा होमिएका छन।
नेपाल लत्ताकपडामा भारतमै परनिर्भर रहेको बेलामा कच्चापदार्थहरु केही भारत र स्वदेशी समेत प्रयोग गर्नेगरि उनले रामग्राम १० नदवामा गारमेन्ट कारखाना खोलेका हुन। उनले कडाइ मेसिन अपरेट गर्नका लागि २ जना र सिलाइका लागि ८जना गरि १० जना स्वदेशीलाई रोजगारी समेत दिएका छन।हिजोका दिनमा आफु स्वयम रोजगारीका लागि भारत प्रवेश गरको तितो अनुभव माझ हाल स्वदेशमै आफुले केही नेपालीलाई रोजगार दिन सकेकोमा उनी धेरै खुशी व्यक्त गर्दछन।

हाल नेपालको बजारमा बुट्टेद्वार कडाइ गरेका साडी ,लेहेङ्गा ,कुर्तासुरुवालहरुको माग बढिरहेको र यि सबै लत्ताकपडा भारतबाट भित्रीने हुदा आफुले यो कार्य अबलम्बन गर्दा केही हद सम्म स्वदेशको पैसा बाहिर जानबाट रोकिने र स्थानीयलाई रोजगारी समेत मिल्ने हुदा आफु यस व्यवसायबाट सन्तुष्ट रहेको सुरजको धारणा छ।
छिमेकी नगर र शहरहरु बुटवल,भैरहवा ,बर्दघाट,खैरेनी,भुमहि,सुनवल र नारायणगढ बाट व्यापारीहरुले आफ्नो गारमेन्टमा तयार पारिएका साडी ,लेहेङ्गा, कुर्तासुरुवालहरु लगि त्यहाँका बजार र फेन्सीपसलहरुमा विक्रि वितरण गरिरहेका र बजार फस्टाउदै गइरहेको बताउदै उनले सिजनमा यस क्षेत्रका विधालय र संघ सस्थाहरुले पनि आ-आफ्ना ड्रेस ,टिसर्ट र टाइहरुमा लोगो र संस्थाको नाम छपाई गर्नआउने समेत बताउँछन् ।
आफ्नो काममा सदैव लगनशील र इमान्दारिता चाहिने बताउने व्यवसायी सुरज प्रसाद थारु सानै उमेरमा यस क्षेत्रमा होमिएका सम्भवतः जिल्लाकै पहिलो व्यवसायी समेत हुन।उनले नेपालमा कडाइ गरिएका कपडाहरुको माग दिनहुँ अत्यधिक मात्रामा बढिरहेकोले निकट भविष्यमा आफ्नो उत्पादन समेत अझ बढाउदै लैजाने ,सिलाई मेसिन र कामदारहरूको संख्यामा समेत वृद्धि गर्ने र आफ्नो गारमेन्टबाट उत्पादित विभिन्न डिजाइनका साडी ,लेहेङ्गा ,कुर्तासुरुवाल जस्ता लत्ताकपडा विक्रि वितरण गर्नसमेत आफ्नै फेन्सिपसल समेत यस क्षेत्रको कुनै शहरमा खोल्ने योजना रहेको समेत जानकारी गराए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित