उर्मिला यादव यात्री / नवलपरासी २४ चैत
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको चार लाख १९ हजार २ सय रुपैया मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याई वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको ४१ हजार ८ सय रुपैया मुल्य बराबरको पचास किलो प्याज , तन्ना चौबिस पिस, चिनी दुई सय किलो , अलैची ३५ किलो., सिरानीको खोल तिस पिस, साडी पाच पिस, पप्लीन कपडा साठी मिटर र कुर्ता २ पिस रामग्राम नगरपालिका वडा नम्बर ८ बाट बरामद गरेको हो । यस्तैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी तीन लाख ७७ हजार ४ सय रुपैया मुल्य बराबरको कार्पेट ११० मिटर र स्किन साइन क्रिम एक हजार दुई सय पिस सरावल गाँउपालिका वडा नम्बर ७ बुलन्दपुरबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

