वीरगञ्ज, २३ चैत ।
पर्सा क्षेत्र नम्बर १ का प्रतनिधि सभा सदस्य प्रदिप यादवले कृषिप्रधान देशमा किसानलाई पनि परिचय पत्र वितरण गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्ने अभियान थालेपनि किसानलाई पनि परिचय पत्र वितरण गर्नुपर्ने धारणा राखे । धान, गहुँ, उखु, माछापालन लगायतबाट आम्दानी गर्नै किसानहरुलाई कर कार्यालयले दुःख दिने गरेको बताउँदै कृषकलाई सहज रुपमा किसानी गर्ने वातावरणको सृृजना गर्न माग गरे । यस्तै सांसद यादवले वीररगञ्जस्थित आईसिपीको बाटोबाट मालबाहक सवारी साधनलाई ओहोरदोहोर गर्न दिएपनि सर्वसाधारण नागरिकलाई भने आवतजावत गर्न रोक लगाएकोमा आपत्ति जनाए । रोटीबेटीको सम्बन्ध भएको भारत र नेपालका बासिन्दालाई आवतजावतमा रोक लगाउनु अनुचित भएको बताउँदै सांसद यादवले सभामुखमार्फत अर्थमन्त्रालयको ध्यानाकर्षण गराए । त्यसैगरी कोरोना भाइरसको महामारीमा अन्य सामान्य बिरामीका लागि समेत ढोका बन्द गरेका निजि अस्पतालहरुले अहिले नयाँ धन्दा शुरु गरेको बताए । वीरगञ्जका केही निजि अस्पतालहरुले बारा, पर्सा र रौतहटका एम्बुलेन्स चालकहरुसँगको मिलेमतोमा बिरामीहरु ल्याइदिएबापत कमिशन दिने गरेको बताए । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई कमाई खाने भाँडोको रुपमा प्रयोग गर्ने निजि अस्पतालहरुलाई कारवाही गर्न पनि यादवले माग गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

