Rashtriya Dainik

पत्रकार महासंघ पर्साको उपाध्यक्षमा शेखर छतकुलीको पालरा भारी

वीरगंज २३ चैत
एबिसि टेलिभिजन २ प्रदेश प्रमुख एवं नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व सहसचिव शेखर छतकुली नेपाल पत्रकार महासंघ पर्सा जिल्लाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । मधेश आन्दोलन र मधेशी जनताको जनजीविकाका र उधोगी व्यापारीहरुको लागि विभिन्न संचारमाध्यहरु मार्फत उठाउदै आफ्नो छुटै पहिचान बनाउन सफल संचारकर्मी छतकुलीको उम्मेदवारीले पर्सा संचारकर्मीहरुका विच तरंग छाएको छ ।

छतकुली झण्डै १४ बर्षदेखि ईलोकट्रोनिक मिडिया एबिसि टेलिभिजनमा रहेर श्रमजिवि पत्रकारको रुपमा कार्यरत रहेर दुई नम्बर प्रदेशमा छुटै पहिचान बनाउन सफल हुनुभएको छ।

श्रमजिवी पत्रकारहरूको मुद्दाको सुरक्षा तथा साना लगानीका स्वरोजगार संचारमुलुक संचारमाध्यमको रक्षाको निमित्त उम्मेदवारी दिएको बताउनुभयो।

छतकुली १७ बर्ष देखि विभिन्न संचारजगतमा कार्यरत रहेर एबिसि टेलिभिजन २ नम्बर प्रदेश प्रमुख हुन् एवम वीरगंज दैनिकका प्रकाशक समेत रहेका छन् ।

आगामी चैत्र २५ गते हुने महासंघको निर्वाचनमा पर्साको उपाध्यक्ष पदमा छतकुलीको उम्मेदवारीको पक्षमा पर्सर्ली संचारकर्मीहरुको व्यापक समर्थन रहेको देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित