जापानको कोबे शहरमा ३३ जना नेपालीकलाकारको १५ जना जापानी कलाकारसित सामुहिक कला प्रदर्शनी भइरहेको छ।
महिलाका लागि महिला नेपालका सृजक डा.आस्था प्रभा तुलधार र सासाबुने & चुजुरीकि प्रोप्राटर इशिखावा फूजिमिको संयुक्त आयोजनामा चैत २० गतेदेखि प्रदर्शनी भइरहेको छ।
आर्ट विथाउट बोर्डरस -भाग५ को शिर्षक “आर्ट इज हार्ट” अर्थात आर्टद्वारा अन्तरास्ट्रिय कलाकारबीच भलाकुसारी तथा आपसी समझ्बादरीलाइ बढावा दिन सकिने कुरा बुझ्न सकिन्छ।

कला आफैमा एउटा भाषा हो, त्यसैले यसको कुनै भौगोलिक सिमाना हुन्दै। कोरोनाका कारणले अस्तव्यस्त बनेको बिस्व ब्यापी मानव जीवनमा कलाररिताले हामीमा सृजनशीलताको बिकास गर्छ। मानशिक रुपमा सन्तुलित बन्न अनि आत्मसन्तुष्टि जागरण गराउन पनि कलाले योगदान पुर्याउन्छ। यसरी जापान र नेपाल मात्र नभई चिली देशका समेत गरि ४८जना कलाकारले कोबे शहर मा प्रदर्शन गर्नु भनेको -बिकट कालमा समेत हामी साथमा एकजुट भइ काम गर्न सक्ने कुरा पुस्टि गरिएको छ।

कोबे शहर एक प्रतिक हो -हान्शिन आवजी भुकम्प आएर यो शहरको जन जीवन कठिन हुँदा, यहाँका जनताको अथक प्रयास जारी थियो । आज नेपालको भुकम्प पनि ६ बर्ष बितिसकेको छ। अप्रिल महिनामा यस प्रदर्शनी कोबे शहरमा आयोजना गर्नुको पछाडी कठिन समयमा नि धैर्य गरि, एक जुट भइ एक कदम लिनु पर्छ भन्ने संदेश पनि लुकेको छ।
कलाकार डा. अास्था प्रभा तुलाधरले विश्वमा शान्ति ,मैत्री र करुणा फैलाउने एक माध्यमकाे रुपमा रहेको कलाप्रदर्शनीमा नेपाली कलाकारकाे सहभागीताले नेपाली कलाप्रदर्शनीमा सहयोग पुगेको बताउनुभयो ।

जपानमा नेपाली कलाप्रदर्शनीकाे संयाेजन डा. तुलाधरले गर्नुभएको हाे। महिलाका लागि महिला नेपाल र सासाबुने तथा हाने चुजुरीकाे संयुक्त अायाेजनामा चैत २० गतेदेखि सन्चालन भएको प्रदर्शनी चैत २४ गतेसम्म सन्चालन हुने जनाइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

