Rashtriya Dainik

यज्ञोदय क्याम्पसमा सन्चालक समितिको लागी शान्तिपूर्ण निर्वाचन

तुलसी राम पौडेल / फर्साटिकर, २१ चैत्र

रुपन्देहीको शुद्दोधन गाउपालिका वडा न.३ रमवापुर स्थित
यज्ञोदय दुधनाथ थारु बहुमुखि क्याम्पसको छैठौं अधिवेशन अन्तरगत शनिवार निर्वाचन सम्पन्न भयो।निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन अधिकृत भिम प्रसाद सापकोटाले बताउनु भयो ।निर्वाचनमा गोविन्द घिमिरे र रमेश खनाल गरि दुई प्यानल रहेको थियो ।विहान ८ बजेदेखि शुरु भएको मतदान साझ ५ बजेसम्म चलेको थियोे ।कुल मतदाता( आजिवन सदस्य ) ९६६ जनामध्य ८५१ जनाले मतदान गरेका थिए अर्थात ८८.५१% मतदान भएको थियो ।
शनिबार राती ८ बजेदेखि मत गणना कार्यक्रम शुरु हुने र आइतबार बिहान १० बजेसम्म मत परिणाम सार्वजनिक हुने निर्वाचन अधिकृत भिमप्रसाद सापकोटाले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित