Rashtriya Dainik

बित्थडचिर गाउँपालिकामा पाेषण विशेष कार्यक्रम सम्वन्धि तालिम सम्पन्न

दिनेश धामी / बझाङ्ग २१ चैत

जिल्लाकाे वित्थडचिर गाउँपालीकामा शनिबारबाट बृहत् पाेषण तालिम सम्पन्न भएको छ ।
वित्थडचिर गाउँपालीका स्वास्थ्य शाखाकाे आयाेजनामा पाेषण विशेष कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीहरुलाई तालिम दिदै, गाउँघरमा रहेका कुपाेषित बालबालिकाहरुलाई राम्रो बनाउनकाे लागि यस्तो कार्यक्रमकाे अायाेजना गरिएको शाखा प्रमुख हरि अवस्थीले बताए ।
स्थानीय सरकार र स्वास्थ्य शाखाले गाउँपालीकामा कुपोषण हुन नदिन यस्तो कार्यक्रमकाे अायाेजना गरिएको र अागामी दिनमा स्वास्थ्य स्वयंसेवीका सँगै जनसमुदायहरुमा कार्यक्रम निकै प्रभावकारी हुने उहाँको भनाइ छ ।
तालिमले सबै गाउँघरमा गएर कुपोषण भएका व्यातिलाई पाेषण खुवाउने गाउँघरमा भएका सबै स्वास्थ्य सम्वन्धि समस्याको समाधान गर्ने वित्थडचिर गाउँपालीका स्वास्थ्य शाखा प्रमुख हरिभक्त अवस्थिले बताए ।

सुआहारा कार्यक्रमका पोषण तथा जनस्वास्थ्य अधिकृत र प्रशिक्षण द्धारा गाउँपालिका भरिका सबै स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी सात दिने क्षमता अभिवृद्धि तालिम दिएको स्वास्थ्य शाखा प्रमुख हरिभक्त अवस्थीले बताए । उक्त तालिममासहभागी हुने स्वास्थ्यकर्मीलाई दैनिक सातसय तालिम भत्ता र प्रमाणपत्र सहित झोला वितरण गरेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

उक्त तालिममा गाउपालिकाभरीका जम्मा २५ जना स्वास्थ्यकर्मीको सहभागी थिए।गाउपालिकाभरी जम्मा ११ स्वास्थ्य सेवा रहेका छ्न र उक्त तालिम देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित