बर्दघाट सुस्तात पश्चिम/नवलपरासी विशेष संवाददाता
पश्चिम नवलपरासीको भारत सीमाबाट बिभिन्न समानको साथै कुखुरा अबैध रुपमा तस्करी कार्य तीव्रगतिमा भएको छ ।
यस बारे स्थानिय प्रहरी प्रशासन , सशस्त्र प्रहरी,घुमुवा अन्य निकायलाई आर्थिक प्रलोभनमा पारी यस कार्य अबैध गर्ने गोप्य तयारी छन् ।
यस कार्य अबैध रुपमा भइरहे हुँदा पनि स्थानीय प्रहरी प्रशासन सशस्त्र प्रहरी घुमुवा र अन्य निकायहरुले कुनै वास्ता नगरेको पाइएको छ।

यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासनहरुले किन मौन भएर बस्नुको अर्थ के होला ? स्थानीय प्रहरी प्रशासन कै मिलोमतोमा यस्ता कार्य अबैध रुपमा भैइरहे छ।
यस कार्यमा भारत तथा नेपालको तस्कर मिली यस कार्य ब्यपाक रूपमा भइरहेको हकुईको गाउँ हुँदै कपडा तस्करी सुनवल सम्मा पुर्याउने गरेको र भारतको सीमामा पर्ने रूपन्देहीको तर्कुलाहा, बुचिबर्वा गाउँ हुँदै साइकल र मोटरसाइकलमा लोड गरेर तोनवाको गाउँमा नेपालको तस्करहरुलाई जिम्मा लगाउदा पनि तोनवा प्रहरी चौकीका इन्चार्ज मुखदर्सक बन्छन ।

भारत तथा नेपालका तस्करहरुको मिलीमतोमा अबैध रुपमा इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई , भैंसी ,खसी ( बोका) ,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ ।

तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए नेपाल भित्राउने गरेको कुखुरा भित्राउदै गरेका एक युवाले बताए । यसको रहस्य के होला । दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । सुत्रको अनुसार प्रत्येक तस्करी संग मासिक ५ हजार लिने गरेको पाईन्छ ।

उक्त कुखुराहरू मोटरसाइकल र बोलेरोबाट रूपन्देहीको खैरहनी र सुनवलका खुद्रा ब्यपारीहरुलाई दिने गरेका छन्। तर सीमावर्ती क्षेत्रमा पर्ने प्रहरी प्रशासन, घुमवा, सशस्त्र प्रहरी , तस्करी कार्य अबैध रुपमा भैरहे पनि प्रसासनहरु मौन भयर बसिरहेका छन्।

नवलपरासीमा जिल्ला भर पछिल्लो समय अबैध सामान ओसारपसारमा कमि आएता पनि सिमावर्ती प्रहरीको मिलिमतोमा दैनिक रुपमा तस्करी हुँदा पनि जिल्ला प्रहरी भने बेखबर जस्तैः छ ? सिमावर्ति प्रहरी प्रशासन कै मिलोमातोमा यस्तो अबैध कार्य भैरहदा नियमन नगर्न्र निकायले कार्वाही गर्ला कि नगर्ला ?

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

