Rashtriya Dainik

सरावलमा ६४ अाैँ सहकारी दिवस सम्पन्न

उमेश बि.क / नवलपरासी ,२१ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहियामा ६४ अाैँ सहकारी दिवस सम्पन्न गरिएको छ ।

“मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी ” मुल नाराकाे साथ सहकारी दिवस समारोह समिति सरावल गाउँपालिकाकाे अायाेजना तथा सरावल गाउँपालिकाकाे सहयोगमा एक कार्यक्रम बिच सम्पन्न गरिएको हाे।

सहकारी दिवस समारोह समिति सरावल गाउँपालिकाकाे अध्यक्ष रामचन्द्र राजभरकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी प्रमुख अातिथ्यतामा एवम् सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे विशेष अातिथ्यतामा भएको कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले सहकारीकर्मीहरुलाई सुशासित र पारदर्शी भई काम गर्न आग्रह गरे । गाउँपालिकाले सहकारी मार्फत विभिन्न सामग्री तथा विउबिजन वितरण गरिएको बताउदै सहकारीको माध्यमबाट समग्र सरावललाई समृद्धि बनाउनमा ठूलो सहयोग गरिरहेको बताए ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष उत्तमा रायले केन्द्र सरकारले स्थानीय सरकारलाई सहकारी समन्धी अधिकार दिय पनि आवश्यक जनशक्ति उपलब्ध नगराउदा पनि हामीले स्थानीय रुपमा उपलब्ध जनशक्ति व्यवस्थापन गरेर सेवा दिदै आइरहेको बताउनु भएको हाे।

कार्यक्रममा वडा नम्बर ६ वडा अध्यक्ष कैलास यादव , सरावल गाउँपालिका सहकारी शाखा इन्द्रकमल यादव ,वडा नम्बर ४ सचिव अशोककुमार पाण्डेय ,किसान सहकारी भुजहवा अध्यक्ष सम्भु यादव, देवसरा सहकारी संस्था अध्यक्ष हरिलाल यादव ,इन्द्रबहादुर चाैधरी लगाएतले सहकारीले समाजमा गरेको याेगदान तथा सहकारीको महत्त्वबारे मन्तब्य राख्नु भएको थियाे ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका सहकारी अध्यक्ष तथा ब्यवस्थाकहरुकाे सहभागीता रहेको सुखाडि प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित