Rashtriya Dainik

लिलावती भेली उधोग कालिबर्छामा आगलागी

नन्दु यादव चैत २०नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४ कालिबर्छामा रहेकाे लिलावति भेेेेली उद्याेगमा भिषण अागलागी भएकाे छ। ।बिद्युत प्राधिकरण ले बितरण गरेकाे प्रसारण लाईन ११हजार भाेल्टेज काे तार एकअापसमा सर्ट भएर लिलावती भेली उद्याेगमा अागलागि भएकाे हाे ।अागलागिबाट २००बोरा भेली, २ थान बिद्युत मिटर, फर्निचर सामानहरु,गोदाम मै रहेको ७ बोरा तोरि ५ बोरा केराउ, ९ बोरा रासायनिक मल , विद्युतिय काटा र अन्य सामान गरेर लगभग १० लाख ५० हजार बराबर को क्षति भएको लिलावती भेली उद्याेग का सन्चालक अशाेक कुमार कुशवाहाले जानकारी दिनु भयाे ।

अागलागि भयपछि गण्डक पावर हाउसमा क्षतिपूर्ति काे माग गर्दै पिडितले तालाबन्दी गरेका थिए।तालाबन्दी भएपछि अाज बिद्युत प्राधिकरण परासी का प्रमुख ले क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेपछि ताला खाेलिएकाे उद्याेगका सन्चालक अशाेक कुमार कुशवाहाले बताउनु भयाे।लामाे समय देखि तार एकअापस सर्ट भईरहेकाे कुरालाई पटकपटक पावर हाउसलाई जानकारी गराउदा पनि पावर हाउसकाे बेवास्ता काे कारण अागलागि भएकाे पिडितले गुनासाे गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित