Rashtriya Dainik

सहकारी दिवसको अवसरमा लुम्बिनी सुनवल बचत सहकारी सस्थाद्वारा विविध कार्यक्रमको अायोजना

पुरन अधिकारी ,पश्चिम नवलपरासी

चौसठ्ठीअौ रास्ट्रिय सहकारी दिवसको अवसरमा लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी सस्था लि. सुनवल १२ भुमहि द्वारा रक्तदान तथा विभिन्न विधामा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
सस्थाका अध्यक्ष लेखनाथ खरेलको अध्यक्षता एवं रेडक्रस सोसाइटी सुनवल उपशाखाका सभापति गोपाल प्रसाद शर्माको प्रमुख अातिथ्यता रहेको सो कार्यक्रममा रेडक्रस सोसाइटी परासी शाखाका प्राविधिक उर्मिला चौधरीको विशिष्ट अातिथ्यता रहेको थियो ।सस्थाका उपाध्यक्ष उमाकान्त उपाध्यायको स्वागत मन्तव्य र सचिव तारा अाचार्यले सन्चालन गर्नुभएको सो कार्यक्रममा रक्त सङ्कलनका लागि जिल्ला रेडक्रस सोसाइटी परासी र रेडक्रस सोसाइटी सुनवल उपशाखाको सहयोग रहेको थियो ।

पन्ध्र विधामा पच्चासी जनालाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा विभिन्न विधाहरु जस्तै उत्कृष्ट बाल बचतकर्ता ,उत्कृष्ट बचतकर्ता ,समयमै ब्याज र किस्ता बुझाउने ऋणी ,सदस्यता वृद्धिमा योगदान पुर्‍याउने सदस्य ,जेष्ठ सेयर सदस्य ,सत्तरी वर्ष नाघेका सेयर सदस्यका अामा बुवा ,कला स्मृति पुरस्कार जगन्नाथ मा.वि.बाट +२मा उत्कृष्ट अङ्क ल्याउने छात्रा, अमन सुनार स्मृति पुरस्कार , SEE +२ स्नातक र स्नातकोत्तरमा उत्कृष्ट अङ्क ल्याउने सदस्य एवं सदस्यका परिवारलाई सम्मान,उत्कृष्ट सन्चालक सदस्य ,उत्कृष्ट कर्मचारी ,उत्कृष्ट सिस्टर सोसाइटी समुहलाई सम्मान गरिएको सस्थाका व्यवस्थापक बद्री प्रसाद पौडेलले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित