Rashtriya Dainik

एक युवक मृत अवस्थामा शव फेला

राजन कुमार बानिया / पर्सा २० चैत

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ सिकटा पुल नजिक एक युवकको मृत अवस्थामा शव बरामद भएको र शवलाई राती नै पोस्टमार्टमका लागी प्रहरीले नारायणी अस्पतालमा पुगाएका छन । मृतक युवकको पहिचान जगरनाथपुर गाउँपालिका वडा नं २ लक्ष्मीपुर गाउँ निवासी रबिबिश्वास चौहानको १९ वर्षिय नितेश प्रसाद चौहान रहेको छ। गंडकनहरको सिकटा पुल नजिक मृत अवस्था शव रहेको जानकारी पाउने बितिकै सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ र ईलाका प्रहरी कार्यालय जानकिटोलोका प्रहरी नायब निरिक्षक बसन्त थापाको कमाण्डमा रहेको टोलीले घटना स्थलमा पुगी मृत्क युवकको शवलाई पोस्टमार्टमको लागी राती बिरगंज नारायणी अस्पताल पुगाएका छन। घटना स्थलबाट प्रहरीले सिकटा पुल मुनी खसेको अवस्था साईकल बरामद भएको प्रहरीले जनाएका छन। मृतक युवकको टाउकोमा चोट लागेको र घटना स्थलमा रगत बगेकोले मृतक युवकको दुर्घटना भएको हो कि कसैले मारेर फालेको हो यसको बारेमा एकिन हुन नसकेको प्रहरी ले जनाएका छन।यस घटना बारे प्रहरीको अनुसंधान जारीरहेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएका छन।राती देखिनै घटना स्थल मा रगत बगेको ठाउँमा प्रहरीले अनुसंधानको लागी बाटो आज बिहान सम्म ठप गरेर मुचुलका उठिसकेपछी ८ बजे देखि सुचारु भएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित