Rashtriya Dainik

मदरसा शिक्षा लाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

कपिलवस्तु /२० चैत्र

नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर बसोबास गर्दै आएका छन् । तर मुस्लिम समुदाय एक यस्तो समुदाय हो जो अहिले एकाईसौं शताब्दीमा आएर पनि विकासको मूलधारमा आउन सकेको छैन ।

मुस्लिम लगायतका अन्य पछाडि परेका वा पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउन सक्ने दुई पाटाहरु छन् । यदि यी दुई एक त शिक्षा र अर्को रोजगार पाटालाई आधार बनाइयो भने मुस्लिम समुदाय पनि अरु समुदाय सरह राज्यको मूलधारमा आउन सक्नेछ मुस्लिम समुदाय हरेक क्षेत्रमा पछाडि पर्नुको मुख्य कारण उच्च शिक्षा नहुनु हो जसमा जति कमजोरी समुदायको छ त्यति नै राज्य पनि जिम्मेवार छ किनभने राज्यले मुस्लिम मदरसा शिक्षालाई बढोत्तरीका लागि कुनै विशेष योजना लागु गरेको छैन तर मुस्लिम समाजलाई शिक्षा तथा रोजगारीसँग जोड़ि अगाडि बढाउनको लागि लुम्बिनी प्रदेश सरकारले मदरसा बोर्ड गठन गरी मदरसा शिक्षामा आफ्नो लगानी समेत शुरु गरिसकेको छ।

यसै क्रममा हिजाे लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी (नमूना केसी) ले लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,सदस्य अनवार अहमद प्रेस सल्लाहकार शहबाज खान लगायतसँग भैरहवामा भेटघाट र बार्ता गरी बाके जिल्ला भित्र रहेका मदरसा र विशेषतः नरैनापुर गाउं पालिकामा रहेका मदरसा तथा प्रदेश भरीका मदरसाहरु लाई थप व्यबस्थित बनाउनको लागि छलफल गिरएकाे थियाे । उनले बाके जिल्लामा आएर मदरसा व्यबस्थापन समितिका पदाधिकारी तथा सर्वसाधारणहरुसँग भेटघाट गरी ब्यबस्थित बनाउनको लागि कुन बाटो जादा प्रभावकारी बन्ना सक्छ भन्ने बिषयमा सुझाव सल्लाह लिन‌ वा दिनको लागि लुम्बिनी प्रदेश सभा सदस्य केसीले निमन्त्रण समेत दिएका छन्। त्यस अवसरमा मुस्लिम बाहुल्य प्रदेशहरुमा मदरसा बोर्ड गठन गरेर मदरसा शिक्षालाई मुलप्रवाहिकरणमा ल्याइ थप प्रभावकारी बनाउने बिषयमा पनि सबैले जोड़ दिएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित