कास्की जिल्लाको पोखरामा बालसंरक्षण विषयक पुनर्ताजगी तालिम सम्पन्न भएको छ।
बालहितकारी परियोजना नेपाल(CWSN) को आयोजनामा र किडाशाको सहयोगमा पोखरा महानगरपालिकाका १० वडाका बालबालिका सम्पर्क व्यक्तिहरुको लागि बालसंरक्षण विषयक पुनर्ताजगी तालिम मंगलबार गरिएको थियो।
बालहितकारी परियोजना नेपालका अध्यक्ष गोविन्द राज पहारीको अध्यक्षतामा भएको कार्यक्रममा पो.म.न.पाका प्रवक्ता धनबहादुर नेपालीको प्रमुख आतिथ्यता रहेको थियो।
यस अघि सम्पन्न ३ दिने तालिमको पुनरावलोकन ,बालक्लब तथा बालमञ्च, बालबालिकामा लगानी, अर्थपूर्ण संस्थागत बालसहभागिता, बालमैत्री वडा घोषण कार्यविधि २०७७ र समूदायमा आधारित बालसंरक्षण संयन्त्र विषयहरूमा CWSN का कार्यक्रम निर्देशक ठाकुर चापागाईं, बालसंरक्षण प्रशिक्षक केशब पौडेल, सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा र किडाशाका देशीय प्रतिनिधि जेरमी साउथनले सहजीकरण गर्नुभएको थियोे ।
तालिममा सहभागीको तर्फबाट वडा सदस्य एवं बालबालिका सम्पर्क व्यक्ति पार्वती कार्की र उज्वल खत्रीले बोल्नु भएको थियो ।
कार्यक्रमको संचालन CWSN का जीवन उपयोगी सीप सहजकर्ता संगीता भण्डारीले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

