महेश यादव नवलपरासी , १७ चैत
पश्चिमी नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ मा नर्स सम्बन्धि जीवनवृति याेजना बनाउने तालिम कार्यक्रम सम्पन्न भएको छ।
एबिसि नेपालकाे अायाेजना तथा स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोगमा किशोरीहरुलाई नर्स सम्बन्धि जीवनवृति याेजना बनाउने तालिम कार्यक्रम सम्पन्न भएको छ ।
पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ मा रहेको ४ वटा फाेरमका १० जना किशोरीहरुकाे नर्स बन्ने सपना सकार गर्न नर्स सम्बन्धि जीवनवृति याेजना बनाउने तालिम कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रम प्रशिक्षण गर्दै कुशल प्रशिक्षक पाल्हिनन्दन स्वास्थ चाैकिका अ.हे.व. राजेश गुप्ताले किशोरीहरुकाे भावना र सपना लाई बुझि उनिहरुले साेचेकाे नर्स बन्ने सपनालाई परा गर्न अभिभावकहरुकाे ठुलो भुकिका रहने बताउदै किशोरीहरुले पढाइमा बढि ध्यानाकर्षण दिएर पठनपाठन गर्नपर्ने बताए । साथै उहाले नर्सिङ पढ्न लाग्ने अार्थिक खर्च काे बारेमा जनकारी गराउदै किशोरीहरुकाे नर्स बन्ने सपना लाई पूरा गर्न अन्य सम्बन्धित ज्ञान , सीप र दक्षताकाे बारेमा समेत बताउदै एबिसि नेपाल र अाफु सधै किशोरीहरुलाई सहयोग गर्ने बताउनु भएको थियो ।

साे कार्यक्रममा एबिसि नेपालका सहजकर्ता राजमन बरई ,साईदा निशा पठान लगायतका पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ का करिब ३० जना किशोरीहरु सहित तिनका अभिभावकहरूकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

