उमेश बि.क / नवलपरासी ,१७ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गहुँको छ्वालीमा आगो लगाउने कार्यमा प्रतिवन्ध लगाएको छ ।
गहु ,मसुराे लगाएतकाे फसल तयार भई भित्र्याउने समय भएको अवस्थामा केही किसानहरूले मेसिनको सहयोगमा अाफ्नाे फसल भित्र्याई बाकी रहेको छवाली ,पराल ,भुस खेतमै अागाे लगाउने कार्य भएकोले गाउँपालिकाले प्रतिवन्ध लगाएको हाे ।

गहुँको छ्वाली खेतमै अागाे लगाउने कार्यले पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण जिवजन्तुकाे विनाश हुने, खेतको उर्वराशक्तिमा कमि अाउने,घरपालुवा जिवजन्तुकाे खाद्यान्नमा कमि अाउने तथा अागलागिकाे जाेखिम हुने भएको हुनाले आगो लगाएर नष्ट गर्नुकाे सट्टा बहुउपयाेगकाे रुपमा घरपालुवा जन्तुकाे खाद्यान्नकाे रुपमा वा कम्पाेष्ट मल बनाई प्रयाेगमा ल्याउन सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले पालिका बासिलाई अनुरोध गर्नुभएको छ ।

त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलद्वारा हस्ताक्षरित एक सुचनामा गहुँको छ्वालीमा आगो लगाउने तथा मनाेमानी गर्ने र सुचनालाई ईन्कार गरी उल्लेखित गतिविधि भएमा वा साे कार्यबाट कुनै दुर्घटना या क्षति भएमा किसान स्वयंम जवाफदेही हुनुपर्ने एवं दाेषिउपर नियमानुसार कार्वाही हुने उल्लेख छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

