पुर्व गृहराज्य मन्त्री एवम सांसद देवेन्द्रराज कण्डेलले
थ्री नेसन्स कप फुटबलको उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुुटबल टिमका खेलाडीहरुलाई बधाई दिनुभएको छ।
कण्डेलले सामाजिक सन्जाल मार्फत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरि प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुुटबल टिमका खेलाडीहरुलाई बधाई दिँदै सबै प्रशिक्षकलाई विशेष धन्यवाद दिनु भएको हो ।
नेपालका लागि पहिलो गोल १८ औं मिनेटमा सुजन राई र दोस्रो गोल ४१ औं मिनेटमा विशाल राईले गरेका थिए । बंगलादेशका तर्फबाट १० नम्बर जर्सीका खेलाडीले ८२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरि प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

