Rashtriya Dainik

घरेलु कार्यालय बझाङद्वारा १५ दिने कृष्टल चुरा बनाउने तालिम उदघाटन

दोरेन्द्र खड्का बझाङ १६

घरेलु तथा साना उधाेग कार्यालय बझाङ द्वरा १५ दिने कृष्टल चुरा बनाउने सीप तालितलम सन्चालन भएकाे छ । बझाङ जिल्लाकाे छविसपाथिभेरा गाउपालिका वडा न ५ व्यासीमा उक्त तालिम अाज बाट उद्घाटन भएकाे छ महिलाहरुलाई आत्म निर्भर बनाई आयातित बस्तु कम गर्न र राेजगारी सृजना गर्ने उदेश्यले याे तालिम सन्चालन गरेकाे घरेलु कार्यालय बझाङका उधाेग अधिकृत खडक बाेहराले बताउनु भयाे पछिल्लाे समयमा घरेलु कार्यालय बझाङले जिल्लाका दुरदराजका वडाहरुका पिछडियकाे वर्ग युवा तथा महिलाहरुलाई माग र बजारकाे सम्भावना लाई मध्ये नजर गरि देशमै राेजगरी हाेस भनी उधमशिलता तथा सिपमुलक तालिमहरु दिदै आएकाे छ भनी घरेलुका वरिष्ठ उधम विकास सहजकर्ता दशरथ बहादुर जप्रेलले बताउनु भयाे ।

उक्त चुरा बनाउने तालिममा १२ जना सहभागी भएका थिय भने कार्यक्रमकाे अध्यक्षता छविसपाथिभेरा वडा न. ५ का वडा अध्यक्ष लाेकेन्द्र ब ठगुन्ना रहनु भयाे भने प्रमुख अथिति घरेलुका व उ व स दशरथ जप्रेल रहनु भयाे र वडा सचिप ईश्वर दत्त जाशि लगायत वडाका कर्मचारीहरु समेत अथितिकाे रूपमा रहनु भएकाे थियाे वडा सचिपले भन्नू भयाे !

यस्ता खालका सीप तालिम ल्याउदा हामी धरै खुसी भएकाछाै आगामी दिनहरूमा वडा कार्यालय र घरेलु लगायत अन्य निकाय संग पनि साझेदारी गर्दै यस्ता कार्यक्रम चलाउनमा जाेड दिने समेत जनाउनु भयाे कर्यक्रम सन्चालन घरेलुका सहायक कम्प्युटर अपरेटर महेश विष्टले गर्नु भएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित