काठमडौं । त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइलन खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो । नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो ।
खेलको १८ औं मिनेटमा नेपाका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए । उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ताआएको बलबाट उनले गोल गरेका थिए ।
यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो । खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।
उनले सन्जोक राईको पासमा गोल गरेका हुन् । आजको खेलमा नेपाल जित निकाल्ने योजनामा रहेको छ । खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले बंगलादेशका लागि एक गोल फर्काएका थिए ।
प्रतियोगितामा एक गोल गर्न नसकेको नेपालले आजको खेलमा गोल गर्दै उपाधि जितेको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

