Rashtriya Dainik

छबिस पाथिभेरा गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

शिवजी मण्डेल/ चैत १६

बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको सातौं गाउँ सभा तथा हिउँदे अधिवेशन सोमबारबाट सुरु भएको छ ।

अधिवेशनमा छबिस पाथिभेरा गाउँपालिकाको विकासको अवस्था विनियोजित बजेटको खर्च विवरण ,कार्यक्रमको उपलब्धिको समिक्षा गरिने गाउँपालिकाका उपाध्यक्ष राधिका रताला जोशीले बताउनु भयो ।

साथै जनता बाट आएका गुनासा छिटोछरितो योजना कार्यनयन पारदर्शिता र अनुगमनका बारेमा पनि छलफल हुने बताउनु भएको छ। अधिवेशनले शिर्षक फरकपरेका योजनाहरूको रकमान्तर गरि शिर्षक परिवर्तनका लागि अनुमोदन गर्ने निर्णय पारित गरिने पनि गाउँपालिका उपाध्यक्ष रताला जोशीले बताउनु भएको छ ।

गाउँ सभा तथा हिउँदे अधिवेशनमा आवश्यक विभिन्न ऐन कानुनहरू पनि पास गरिने बताइएको छ । उक्त हिउँदे अधिवेशन तथा सातौं गाउँ सभा सोमबार बाट सुरु भएर मंगलबार दुई दिन सम्म चल्ने छबिस पाथिभेरा गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मोहनलाल विकले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित