Rashtriya Dainik

जग्गा दानवीर पनी भेटीन्छन समाजमा ..

नारायण सुवेदी,चैत्र १५
आजभोली समाजमा सरकारी तथा सार्वजनीक जग्गा व्यक्तीले हडप्ने खवरहरु सुन्न देख्न पाइरहने समयमा नवलपुरको भागरामा भने जोशी परिवार जग्गा दानवीरको रुपमा भेटीएका छन ।

मध्यविन्दु ६ भागरा निवासी प्रशान्त ध्वज जोशीले मध्यविन्दु नगरपालिका वार्ड नं ६ मा पर्ने करिव ६० लाख रुपैया मुल्य वरावरको २ कठ्ठा १४ धुर जग्गा नगरपालिकाको कार्यालयलाई निशुल्क उपलव्ध गराएका छन । नारायणी नदिको करिव किनार क्षेत्रमा अवस्थीत थारु समुदायको वाहुल्यता रहेको यस क्षेत्रका जनताहरुले वडा कार्यालयको अभावमा सास्ती खेप्दै आईरहेका थिए ।

समुदायको असुविधालाई मध्यनजर गर्दै जोशीले आफ्ना स्वर्गीय आफन्तजनको स्मृतिमा यो जग्गा वडा कार्यालय निर्माणका निम्ती उपलव्ध गराएका हुन ।
वडा कार्यालयको नाउमा नामसारी गरिएको जग्गा धनी प्रमाणपुर्जा देखाउदैे जग्गा निशुल्क प्राप्तीका लागि दाता समक्ष पटक पटक आग्रह गरेको र आज जग्गा प्राप्त भएको वडाध्यक्ष सुर्य प्रसाद न्यौपाने वताउछन ।


जग्गा दाता प्रशान्त ध्वज जोशीको यो योगदानले भागरा क्षेत्रको समग्र विकासमा महत्वपुर्ण योगदान गर्ने मध्यविन्दु नगरपालिका कि उपमेयर श्री ओम कुमारी महतो वताउनुभएको छ । यस जग्गामा छिटै वडाकार्यालय भवन निर्माण गर्ने वडाध्यक्ष सुर्य प्रसाद न्यपौनेले जानकारी दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित