पुरन अधिकारी/नवलपरासी
युवाहरू विशेषत:बैदेशिक रोजगारीमा नै अाकर्षित भईरहेको अहिलेको परिपेक्षमा सुनवल नगरपालिका वाड न १२ सुकौलीका युवा गुणानाथ कवरले भने कृषिमा नै भविष्य देखेका छन।
भुमहि चोकबाट २ किलोमिटर उत्तर बाबा बर्दगोरिया धार्मिक स्थल जाने स्थान नजिक पानभार नदिको पुर्वतर्फ चार विघाहा क्षेत्रफलमा उनले “कृण्ण पशुपन्छि तथा मत्स्य पालन ” कृषि फर्म पाँच वर्ष अघि देखि सन्चालनमा ल्याएका छन।

नेपाल सरकारले कृषिमा टेवा दिने नीति र प्रोत्साहनका लागि विभिन्न कार्यक्रम ल्याएको भएता पनि जबसम्म युवाहरु कृषिमा लाग्दैनन् यि सबै योजना र नीति व्यर्थ हुने हुदा अाफु यस क्षेत्रमा लागेको गुणानाथ कवरले बताए।करिब एक विघाहा क्षेत्रफलमा माछा पालनका लागि पोखरी र दुई विघाहा क्षेत्रफलमा नेपिएर घाँस समेत लगाएका उनले फर्ममा बटाई,लोकल कुखुरा ,हास ,बाख्रा ,बङ्गुर ,जर्सि र होलिस्टन गाईको साथै विभिन्न जातका माछाहरु समेत पालेका छन्।मासुका लागि पालिने पशुपन्छिबाट अाम्दानीका लागि केही समय पर्खनुपरेता पनि दुधबाट दिनहु अाम्दानी हुनाले उनले गाईपालनलाई अझ बढि प्राथामिकतामा राखेको बताउँछन् साथै घाँसकै लागि नेपिएर बाहेक एक विघाहा जमिन लिजमा लिएर मकै खेती समेत गरेको छन्।

कृषिमा अभिरुचि राख्ने व्यक्ति र सङ्घ सस्थाहरु समेत टाढा -टाढाबाट समेत यस फर्मको अवलोकन गर्न अाइरहने बताउने गुणानाथ कवरले भविष्यमा गाई-भैसीका लागि स्वयम दाना उत्पादन गर्ने योजना समेत रहेको बताउछन ।करिब अाठ सयवटा अण्डा एकै साथ हेचरिङ्ग गर्न सक्ने मेशिन समेत राखी बटाई,लोकलकुखुरा र हासको समेत सङ्ख्या बढाउदै गईरहेका उनले दैनिक २५० देखि ३०० लिटर सम्म दुध विक्री गर्दै अाईरहेका छन्। एक करोड पैतिस लाख सम्म फर्मकै लागि खर्च गरिसकेका गुणानाथ कवर सङ्ग कृषि क्षेत्रमै भोगेका तिता अनुभवहरु पनि प्रसस्त छन्।लकडाउनको समयमा गाईलाई कृत्रिम गर्भाधानका लागि सिमन अभावले पारेको समस्या र देश भित्रका ठुला-ठुला शहरहरुमा दुधको अभाव सधै जसो रहेता पनि दुग्ध सङ्कलन केन्द्रले दुधको खपत कम भएको जानकारी गराई दुध खरिद गर्न देखाउने समस्याले उनलाई गाईको सङ्ख्या बढाई थप दुध उत्पादन गर्नलाई भने निरुत्साहित गर्ने गरेको उनी बताउँछन् ।

अाफुले अाफ्नो सम्पूर्ण सम्पत्तिनै यस पेशामा लगानी गरेकाले यस क्षेत्रबाट पलायन हुनभने नसक्ने हुदा दुध विक्री र कृत्रिम गर्भाधानका लागि सिमन जस्ता समस्याहरुलाई सम्बन्धित निकायले समाधान गरिदिए अाफुलाई यस क्षेत्रमा काम गर्न थप उर्जा मिल्ने उनको धारण छ।
अाफ्नो फर्ममा प्रशस्त मात्रामा नेपिएर घाँस रहेकोले बीउ घाँस खरिदका लागि पनि टाढा-टाढाबाट कृषक अाउने र घाँस विक्रीबाट पनि राम्रो अाम्दानी हुने बताउने उनले हाल फर्ममा परिवार भित्रका बाहेक अाठ जनालाई रोजगारी समेत प्रदान गरेको र भविष्यमा दुध विक्रीमा देखिएको समस्यालाई मध्यनजर गर्दै भुमहि या सुनवलमा अाफ्नै दुध विक्री केन्द्र खोली दुधका विभिन्न परिकार (दहि, घिउ,अाइसक्रीम इत्यादि )निर्माण गरि विक्री वितरण समेत गर्ने गुणानाथ बताउँछन् ।
स्मरणरहोस् कृण्ण पशुपन्छि तथा मत्स्यपालन फर्म सुनवल नगरपालिकाको चौथो नगरसभा बाट नगरभित्रको उत्कृष्ट फर्ममा समेत पर्न सफल भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

