अर्जुन शाह/पर्सा /चैत्र १२
जनता समाजवादी पार्टी नगर कार्य समिति पाेखरीयाकाे आयाेजनामा तथा पर्साको पोखरिया नगरपलिका वार्ड नं. २ डमरापुर लमारियामा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, माट्रिका आई फाउन्डेशनकाे सहयोगमा नि:शुल्क आँख चेकजाँच शिविर सम्पन्न भएको छ।
पोखरिया नगरपालिकाका उप प्रमूख सलमा खातुनकाे अध्यक्षतमा तथा वीरगन्ज महानगरपालिकाका नगर प्रमूख विजय कुमार सरावगीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बाेल्दै नगर प्रमूख सरावगीले शरीरको महत्वपूर्ण अंग आँखा रहेको बताउनु भएको हाे। गरीब किसान,असहाय संग रुपैयाँ नभएर यो कार्यक्रम सञ्चालन बताउनु भएको हाे।
शिबिरमा कुल १७५ मध्ये ९० जनामा माेतियाविन्द समस्या देखा परेको हाे ।
समस्या भएका व्यक्तिलाई यही चैत्र २० गते फेकाे प्रविधिद्वारा नि:शुल्क हुनेछ।
कार्यक्रममा तत्कालीन समाजवादी पार्टीका नगर अध्यक्ष राजु साह,मातृका फाउन्डेसनका प्रविधि सहायक नागरिक लागायतका उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

