राजन कुमार बानिया/पोखरिया १२ चैत
पर्साकाे पोखरिया नगरपालिका वडा नं. २ लमरिया डामारापुर मा अाज निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
निशुल्क अाँखा शिबिर वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी र माट्रीका आइ फाउन्डेसनको सहयोग मा तथा जनता समाजबादी पार्टी नगर कमिटि पोखरिया को आयाेजनामा भएकाे शिविरमा १ सय ७५ जनाले आँखा परिक्षण गराएका थिए ।
जस मध्ये ९० जनामा मोतियाबिन्दका बिरामीहरु फेला परेकाे मेयर सरावगीकाे सचिवालयले जनाएकाे छ ।
निशुल्क अाँखा शिविरकाे उद्घाटन वीरगंज महानगरका मेयर बिजय सरावगी ले गरेका थिए । शिविरकाे उद्घाटन गर्दै मेयर सरावगीले समाजिक दायित्व वहन गर्दै वीरगंज महानगरमा मात्र नभई जिल्ला ग्रामिण भेगमा पनि शिविर संचालन गरिएकाे वताए ।
शिविरमा माेतियाबिन्द फेला परेका सबै जनाको माट्रीका आइ फाउन्डेसनमा नि:शुल्क शल्यक्रिया समेत गरिने छ ।
शिविर का उद्घाटन समाराेहमा कार्यक्रम पोखरिया नगरपालिका को उपमेयर सलमा खातुन को अध्यक्षता मा सम्पन्न भएको थियोे ।
कार्यक्रममा वाडअधयक्ष सुरेन्द्र यादव, जसपा का युवा नेता राजु साह, गोबर्धन यादव, लगायतकाे सहभागिता रहेकाे थियाे ।निशुल्क अाँखा शिबिर मा चेकजाँच गरिएका लाई निशुल्क अौषधी समेत बितरण गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

