नन्दु यादव/ चैत १२ ,नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४काे पचफेडामा भएकाे अागलागि घरपरिवार लाई सरावल गाउपालिका वडा न ७काे कार्यालय र भुजहवा बजार समिति द्वारा नगद र जिन्सि सामान सहयाेग गिरिएकाे छ ।वडा न ७ले १५हजार बराबरकाे लत्ताकपडा ,खाद्यान्न सामाग्री , भाडाकुडा ,अाेछ्यान ,झाेला ,लगायतकाे सामाग्री बितरण गरेकाे छ भने भुजहवा बजार ब्यवस्थापन समितिकाे तर्फबाट प्रत्येक घर परिवारलाई नगद ३हजार ८सयकाे दरले कुल ११हजार ४सय रुपैया प्रदान गरिएकाे सरावल गाउपालिका वडा न ७का वडाअध्यक्ष हेयात खा धुनियाले जानकारी दिनु भयाे ।साथै सुत्न लागि ३वटा खाट समेत प्रदान गरिने अध्यक्ष धुनियाले बताउनु भयाे ।कूूनैै चिन्ता लिनुपर्दैन जे अावश्यक पर्छ म पुर्ण रुपमा सहयाेग गर्न प्रतिबद्ध रहेकाे वहाले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

