Rashtriya Dainik

सियारिमा स्तनपान आमा कार्यक्रम घरदैलोको रूपमा

तुलसी राम पौडेल /सियारी १० चैत्र

रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ३ हर्नैयामा स्तनपान कार्यक्रम घरदैलोबाट शुरु भएको छ।सियारी गाउपालिका -३ स्थित लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल नागरिक आरोग्य सेवा केन्द्रले महिला स्वयं सेविकाको समन्वयमा स्तनपान आमा कार्यक्रम अन्तरगत वडा नम्बर ३ अन्तरगत टोल टोलमा सुत्केरी महिलाहरुको घरमा पुगि दुग्ध वर्धक औषधि वितरण तथा स्वास्थ्य जाच तथा परामर्स सेवा कार्यक्रम सम्पन्न गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्र सियारी -३ हर्नैयाका कविराज जीवन पोख्रेल र सहयोगी कर्मचारी ममता गुप्ता सहितको टोलि तथा स्थानीय महिला स्वयं सेविकाको सहयोगमा सुत्केरी महिलाहरूको स्वास्थ्य जाँच , परामर्श साथसाथै दुग्ध वर्धक औषधि वितरण गर्ने कार्य भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित