Rashtriya Dainik

विकास निर्माणमा स्थानीय तह विषयक पत्रकार र जनप्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम

पुरन अधिकारी ,नवलपरासी ,१० चैत

नेपाल पत्रकार महासघ पश्चिम नवलपरासीको अायोजनामा विकास निर्माणमा स्थानीय तह विषयक पत्रकार र जनप्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम प्रतापपुर गाउँपालिकाको सहयोगमा प्रतापपुर गाउँपालिका वाड न.२ गोपिगञ्ज स्थित वडा कार्यलयको सभाहलमा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माको अध्यक्षता प्रतापपुर गाउँपालिकाको कार्य बाहक अध्यक्ष अन्जु चौधरीको प्रमुख अातिथ्यता रहेको उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत भेष राज खनालको विशिष्ट अातिथ्यता रहेको थियो भने कार्यक्रमको सन्चालन अायोजक महासघका सचिव राजकुमार रेश्मिले गर्नुभएको थियो भने कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाका वडाअध्यक्षहरु ,शाखाका प्रमुखहरु एवं जिल्लामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाले शिक्षा ,स्वास्थ्य ,कृषि ,विकास निर्माण र तालिमलाई अत्यन्तै प्राथमिकता दिई कार्य गरिरहेको कार्यबाहक अध्यक्ष अन्जु चौधरीले जानकारी दिनु भएको सो कार्यक्रममा अन्य वक्ताहरुले गाउँ ,टोल र समग्र गाउँपालिका भित्रका विकास निर्माण र समस्याहरूलाई अौल्याएर एवं त्यहाँ अावश्यक नीति र चुनौतीहरुलाई समेत ठम्याइ गाउँ स्तर बाटै समाचार बनाई सन्चार मिडियामा सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।कार्यक्रममा जिल्लामा कार्यरत पत्रकारहरुको गुनासो र जिज्ञासालाई सम्बन्धित क्षेत्रका वडा अध्यक्ष एवं शाखा प्रमुखहरुले सम्बोधन समेत गर्नु भएको थियोे ।कार्यक्रमको दोस्रो सत्रमा यहि चैत्र११ गते पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पत्रकार महासघ पश्चिम नवलपरासीको सभाहलमा तालिम समेत सन्चालन हुनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित