राजन कुमार बानिया /पर्सा १० चैत
पर्साको बहुदरामाई नगरपालिका वडा न. ९ विश्रामपुरबाट प्रहरीले २ जना जुवाडेलाई पक्राउ गरेको छ ।
स्थानीय बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा जुवा खेलीरहेका ६÷७ जना भाग्न सफल भएका थिए । उक्त स्थानबाट २१ हजार २ सय ६० रुपैया र ३ बुक ताससहित २ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरीक्षक दिपक थापाले जनाएको छ । थापाका नअनुसार पक्राउ पर्नेमा बहुरामाई नगरपालिका वडा न. ९ निवासी ४० वर्षीय उमेश राउत कुर्मी र सोही ठाउँका ३० वर्षीय लालबाबु प्रसाद रहेका छन् । पक्राउ परेकाहरुविरुद्ध सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता (जुवा) कसुरमा मुद्धा दर्ता गराई आवश्यक अनुसन्धान भइरहेको छ ।
जुवामा संलग्न अन्य फरार रहेकाहरुको खोजी कार्य तिब्र पारिएको थापाले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

