Rashtriya Dainik

भूकम्पपीडितको पीडा ओझेलमा, सांसदहरू चीनमा भूकम्प अध्ययन गर्न व्यस्त ! : आशिका तामाङ

काठमाडौं ,७ मंसिर

रुकुम र जाजरकोटका भूकम्पपीडितले अझै पर्याप्त राहत र पुनर्स्थापनाको अनुभूति गर्न नसकिरहेको अवस्थामा सांसदहरू भने भूकम्प अध्ययनका नाममा चीन भ्रमणमा गएको भन्दै आशिका तामाङले व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तामाङले भूकम्पपीडितको वास्तविक अवस्था र समस्याको अध्ययन गर्न छाडेर चीनमा भूकम्प कसरी आउँछ भन्ने अध्ययन गर्न सांसदहरू पुगेको भन्दै प्रश्न उठाएकी छन्।

उनले सांसदहरू मात्र नभई आफ्ना सचिवालयका सदस्यहरूलाई समेत विदेश भ्रमणमा लैजाने प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्।

‘पुरानाले त्यही काम गर्दा बेठीक हुने, अनि हामी नयाँले गर्दा चाहिँ कसरी ठीक हुन सक्छ ?’ भन्दै उनले नयाँ राजनीतिक शक्तिहरूले पनि पुरानाकै शैली र प्रवृत्ति दोहोर्‍याउन नहुने आशय व्यक्त गरेकी छन्।

भूकम्पपीडितको पीडा सम्बोधन गर्नुपर्ने जनप्रतिनिधिहरू नै विदेश भ्रमणमा केन्द्रित भएको भन्दै तामाङको टिप्पणीले सांसदहरूको विदेश भ्रमणको औचित्य र जनप्रतिनिधिको जवाफदेहितामाथि बहस सिर्जना गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित