राष्ट्रिय दैनिक /नवलपरासी ,५ मंसिर ।
श्रम संस्कृति पार्टी सुस्ता गाउँपालिकाको अध्यक्षमा सुरज राज राई चयन हुनुभएको छ।
पार्टीको पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यसमिति गठनका क्रममा राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रह्लाद कोहार, कोषाध्यक्षमा मुक्तकुमार घले, सचिवमा समिर कुमार थापा मगर र सहसचिवमा बमबहादुर राना मगर चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा जलामुदिन अन्सारी, भीमबहादुर गुरुङ, नारायण श्रेष्ठ, तारानाथ क्षेत्री, बुढे गुरुङ, वासुदेव चौधरी र सरस्वती राना मगर चयन हुनुभएको छ।
नवगठित कार्यसमितिले सुस्ता गाउँपालिकामा पार्टीको संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

