राष्ट्रिय दैनिक /नवलपरासी ,३ मंसिर।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ मगरमुडहास्थित खेल मैदानमा जारी दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेलाको अवधि थप गरिएको छ।
आयोजक सरावल उद्योग वाणिज्य संघले मेलाको अवधि थप गर्दै अब मंसिर ५ गते शनिबार औपचारिक रूपमा समापन गर्ने निर्णय गरेको हो।
कात्तिक १९ गतेदेखि सुरु भएको मेलामा दर्शकको उत्साहजनक सहभागिता, सांगीतिक कार्यक्रम तथा व्यापारिक गतिविधि बढ्दै गएपछि अवधि थप गरिएको आयोजकले जनाएको छ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, कृषि तथा औद्योगिक प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, बाल उद्यानलगायत मनोरञ्जनात्मक आकर्षणले दर्शकलाई आकर्षित गरिरहेको छ।
‘कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार’ भन्ने नारासहित आयोजित मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
थपिएको अवधिसँगै मंसिर ५ गते शनिबार मेलाको भव्य समापन गरिने आयोजकले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

