Rashtriya Dainik

चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

काठमाडौं ,३० कार्तिक। निर्वाचन आयोगले आगामी चैत महिनाको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको छ। संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति तय गर्न आयोगले आवश्यक छलफल र पूर्वतयारी अघि बढाएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको वातावरण निर्माण तथा आवश्यक तयारीका विषयमा छलफल गर्न आगामी मंसिर ४ गते राजनीतिक दलहरूलाई आयोगमा बोलाइएको छ।

सोमबार रातोपाटीसँग कुरा गर्दै प्रवक्ता भट्टराईले संविधान र कानुनअनुसार नै निर्वाचनको मिति घोषणा हुने स्पष्ट पारे। राजनीतिक दलहरूसँगको छलफलपछि निर्वाचनको मिति र तयारीबारे निष्कर्षमा पुगिने उनको भनाइ छ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि गर्नुपर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको छ।

आयोगले चैत पहिलो सातालाई लक्षित गरी तयारी अघि बढाएसँगै स्थानीय तहको निर्वाचनको राजनीतिक सरगर्मीसमेत बढ्ने देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित