नवलपरासी,२९ कार्तिक ।
नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले छठी माताले समृद्ध मुलुक निर्माणका लागि सबैलाई एक ठाउँमा उभिने प्रेरणा प्रदान गरून् भन्ने कामना व्यक्त गरेका छ्न ।
छठ पर्वको अवसरमा पश्चिम नवलपरासीका विभिन्न स्थानमा आयोजित छठ पूजा तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै उपसभापति चौधरीले यस्तो कामना व्यक्त गरेका हुन ।
उहाँले छठ पर्वले आपसी सद्भाव, एकता, सहिष्णुता र सामाजिक मेलमिलापको सन्देश दिने उल्लेख गर्दै यस्ता पर्वले समाजमा एकता र राष्ट्रिय भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
“मेरा लागि त म के नै माग्छु र,यो मुलुक समृद्धिको दिशातर्फ अगाडि बढाउने कार्यमा सबै आस्था र विचारका ब्यक्तिहरु एकै ठाउँमा उभिउन भन्ने नै मेरो जहिले पनि ध्येय त्यही नै हो “चौधरीले भने ।राजनीतिका लागि राजनीति गर्नु र बिकास निर्माणमा राजनीति गरिनु फरक कुरा भएको उनको भनाई छ।”जसरी हामिले एकले अर्काको धर्म सस्कारलाई सम्मान गर्छौ एकजुट हुन्छौ त्यसरी नै अब बिकासको मार्गमा एक हुनुको विकल्प छैन”उनले भने ।
छठ पर्व प्रकृति, सूर्य र जलप्रतिको आस्था तथा कृतज्ञता प्रकट गर्ने विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै चौधरीले सबै नेपालीको सुख, शान्ति, समृद्धि र उन्नतिको कामना गरे ।

नवलपरासीका विभिन्न छठ घाटमा पुगेर उनले व्रतालु तथा श्रद्धालुहरूसँग भेटघाट गर्दै छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए ।
यस अवसरमा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

