Rashtriya Dainik

पश्चिम नवलपरासीका कृष्णनारायण श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यको दौडमा

राष्ट्रिय दैनिक / काठमाडौं ,२१ असाेज ।

नेपाली कांग्रेसका नेता कृष्णनारायण श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाति) पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

श्रेष्ठले महाधिवेशनअन्तर्गत जनजाति क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्। पश्चिम नवलपरासीलाई राजनीतिक कार्यक्षेत्र बनाउँदै आएका श्रेष्ठले पार्टी संगठनलाई थप सुदृढ बनाउने र जनजाति समुदायको राजनीतिक प्रतिनिधित्वलाई प्रभावकारी बनाउने लक्ष्यसहित उम्मेदवारी प्रस्तुत गरेका छन्।

लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका श्रेष्ठले जिल्लामा पार्टीको संगठन विस्तार तथा सामाजिक क्षेत्रमा समेत भूमिका निर्वाह गर्दै आएका छन्। उनको उम्मेदवारीलाई पश्चिम नवलपरासीबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व बढाउने प्रयासका रूपमा हेरिएको छ।

श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेका छन्। जनजाति समुदायको आवाजलाई पार्टीको केन्द्रीय तहमा प्रभावकारी रूपमा उठाउने तथा संगठनलाई थप बलियो बनाउने आफ्नो प्राथमिकता रहेको उनले बताएका छन्।

१५औँ महाधिवेशनमा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा तथा दर्ता गर्ने क्रम चलिरहेका बेला पश्चिम नवलपरासीबाट श्रेष्ठको उम्मेदवारीले जिल्लाको कांग्रेस राजनीतिमा समेत चासो बढाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित