वीरगन्ज ,१७ असाेज
डा. सीके राउत नेतृत्वको जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि वीरगन्जमा सुरु भएको छ।
वीरगन्जस्थित ओम पार्टी प्यालेसमा सुरु भएको महाधिवेशनले नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गर्नेछ। महाधिवेशनमा केन्द्रीय कार्यकारिणीका लागि १०३ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन समितिले जनाएको छ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको मात्रै उम्मेदवारी परेकाले उनी पुनः निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।
यसअघि असोज ९ र १० गतेका लागि तय गरिएको महाधिवेशन भारी वर्षा तथा बाढीपहिरोको जोखिमका कारण स्थगित गरिएको थियो।
महाधिवेशनमा देशभरबाट दुई हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ। महाधिवेशनले पार्टीको आगामी नेतृत्वसँगै संगठनात्मक र राजनीतिक दिशाबारे समेत निर्णय गर्नेछ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

