Rashtriya Dainik

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति पर्छ नेपालमा पेट्रोल–डिजेल ?

काठमाडौँ ,१४ असाेज

नेपाल आयल निगमले चाडपर्वलाई लक्षित गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य बढेर आए पनि निगमले हाल कायम रहेको बिक्री मूल्यमा कुनै परिवर्तन नगरेको हो। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा हालैको बाढीपहिरोबाट परेको असर, आउँदै गरेका चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य समायोजन नगर्ने निर्णय गरिएको जनाएको छ।

निगमका अनुसार अब पेट्रोल र डिजेलको मूल्य क्षेत्रअनुसार प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै रहनेछ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको अवस्थामा पनि बिक्री मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

निगमले चाडपर्वको समयमा उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले तत्काल मूल्य वृद्धि नगरेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित