Rashtriya Dainik

द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा बिग बुद्ध युवाक्लब बिजयी

उर्मिला यादव यात्री / चैत १
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा बिग बुद्ध युवाक्लब बिजयी भएको छ ।

आज दिउसो भएको बिग बुद्ध युवा क्लब र बर्म भैरव युवा क्लब विचको खेलमा बिग बुद्ध युवा क्लब ३ गोल अन्तरले बिजयी भएको हो । बर्म भैरव युवा क्लबले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । बर्म भैरव युवा क्लबले कुनै गोल गर्न नसकेपछि बिग बुद्ध युवा क्लबले ३ गोल गर्दै जित हासिल गरेको छ ।

यस्तै गरी भोलि नव जागरण युवा कल्ब मिनि बनकट्टी र सार्वङ्गिक विकास मञ्च सुनवल–६ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित