Rashtriya Dainik

कण्डेल समूहबाट कांग्रेस १५औँ महाधिवेशनका लागि ३६ केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार

राष्ट्रिय दैनिक /नवलपरासी ,१३ असाेज।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासीमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भोलि परासीमा निर्वाचन हुँदैछ। निर्वाचनसँगै विभिन्न क्लस्टरबाट उम्मेदवारी दिएका नेताहरूको राजनीतिक प्रतिस्पर्धा निर्णायक चरणमा प्रवेश गर्ने भएको छ।

उपलब्ध नामावलीअनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल समूहबाट खुला, महिला, युवा, पेशागत, श्रमिक, अपांगता, अल्पसंख्यक, दलित, प्रजातन्त्र सेनानी तथा समानुपातिकका विभिन्न क्लस्टरमा उम्मेदवारहरू मैदानमा छन्।

कण्डेल समूहबाट मैदानमा रहेका उम्मेदवार

खुलातर्फ:
गुणनिधि तिवारी, देवराज भण्डारी, देवेन्द्रराज कण्डेल, भरत पौडेल, माधव प्रसाद पाण्डे, महेन्द्र ठाकुर, विकाश क्षेत्री, श्रीधर बस्याल, सन्दिप पराजुली र सोमबहादुर रायमाझी (पप्पु)।

महिलातर्फ:
मंजु कण्डेल, मंजु गैरे, रम्भा कुँवर र सुनिता सुवेदी (श्रेष्ठ)।

युवातर्फ:
कमला राना, अनुकुल रेग्मी र विवश पौडेल।

पेशागत तथा अन्य समावेशी क्लस्टरतर्फ:
देवि कण्डेल (पेशागत), सुविन्द्र कवंर (श्रमिक), गोपाल डिसवा मगर (अपांग), बबुलाह धुनिया (अल्पसंख्यक), विनोद गौतम (दलित) र मोहनबहादुर थापा क्षेत्री (प्रजातन्त्र सेनानी)।

समानुपातिकतर्फ:
रमेश पासी (दलित), मुकेश राज रम्तिकार (आदिवासी जनजाति), सिता ज्ञवाली (महिला खसआर्य), लक्ष्मण थापा क्षेत्री (खुला खसआर्य), पावित्रा कोहार (महिला मधेसी), राजेन्द्र सहानी (खुला मधेसी), प्रदिप अग्रहरी (खुला मधेसी), उत्तमा राय (महिला थारू), चुरामणी चौधरी (खुला थारू), तबरेज आलम (मुस्लिम) र रोहित सहानी (थप मधेसी) रहेका छन्।

भोलिको निर्वाचनले कुन-कुन उम्मेदवार केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने भन्ने टुंगो लगाउनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित