Rashtriya Dainik

सबल कांग्रेस, नयाँ संकल्प : महाधिवेशन प्रतिनिधिमा मधुर रायमाझी ‘कमल किशोर’

नवलपरासी । ११ असाेज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि चयनका लागि भोलि बेलाटारीमा मतदान हुँदैछ। खुला तर्फ महाधिवेशन प्रतिनिधि पदमा मधुर रायमाझी ‘कमल किशोर’ले उम्मेदवारी दिएका छन्।

मतदानको पूर्वसन्ध्यामा रायमाझीले आफ्नो उम्मेदवारीलाई पार्टीको परम्परा, वर्तमान आवश्यकता र आगामी परिवर्तनसँग जोडेर अघि सारेका छन्। उनले कांग्रेसको मूल आदर्श “राष्ट्रियता, लोकतन्त्र र समाजवाद”लाई आत्मसात् गर्दै संगठनलाई थप सबल र जनमुखी बनाउन आफूले भूमिका निर्वाह गर्ने बताएका छन्।

‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समृद्ध नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित चुनावी मैदानमा रहेका रायमाझीले क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट तथा संवादलाई तीव्र बनाएका छन्।

रायमाझीले पार्टीको गौरवपूर्ण इतिहास र योगदानको सम्मान गर्दै बदलिँदो राजनीतिक परिवेशअनुसार संगठनलाई थप गतिशील बनाउनुपर्ने धारणा राखेका छन्। कार्यकर्ताको भावना, संगठनको सुदृढीकरण र जनतासँग कांग्रेसको सम्बन्धलाई थप बलियो बनाउने विषयलाई उनले आफ्नो अभियानका प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।

बेलाटारीमा हुने मतदानसँगै क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका रूपमा कसले प्रतिनिधित्व गर्ने भन्ने प्रक्रिया अघि बढ्नेछ। मतदानको पूर्वसन्ध्यामा उम्मेदवारहरूले क्षेत्रीय प्रतिनिधिसँगको सम्पर्क र भेटघाटलाई तीव्र बनाएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित