राष्ट्रिय दैनिक /नवलपरासी ,११ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–१ बाट महाधिवेशन प्रतिनिधि पदमा जन्मेजय यादवले उम्मेदवारी दिएका छन्।
सरावल गाउँपालिका–४ मा दुई कार्यकाल वडा सभापतिको जिम्मेवारी सम्हालिसकेका यादवले यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
भोलि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९, बेलाटारीमा हुने मतदानलाई लक्षित गर्दै यादवले वडा सभापति, पालिका/नगर सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट गरी मत मागिरहेका छन्।
यादवले पार्टी संगठनलाई थप मजबुत बनाउने, कार्यकर्ताको भावना र आवाजलाई पार्टीको माथिल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउने तथा मधेसी समुदायको प्रतिनिधित्वलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग समर्थनको आग्रह गरिरहेका छन्।
यसअघि सरावल गाउँपालिका सभापतिका लागि समेत आकांक्षा राखेका यादवले पार्टीभित्र सहमति र एकतालाई प्राथमिकता दिँदै आफ्नो दाबीबाट पछि हटेर महेन्द्र चौधरीलाई सर्वसम्मत सभापति बन्ने वातावरण निर्माण गरेका थिए। त्यसपछि महाधिवेशन प्रतिनिधिको उम्मेदवारीमा केन्द्रित भएका यादव अहिले क्षेत्र नम्बर–१ का प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाटमा व्यस्त छन्।
भोलि बेलाटारीमा हुने मतदानबाट क्षेत्र नम्बर–१ बाट महाधिवेशन प्रतिनिधिका रूपमा कसले प्रतिनिधित्व गर्ने भन्ने टुंगो लाग्नेछ। यादवको उम्मेदवारीसँगै मधेसी समूहअन्तर्गतको प्रतिनिधि चयनलाई चासोका साथ हेरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

