Rashtriya Dainik

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिमा देवेन्द्रराज कँडेल

राष्ट्रिय दैनिक /नवलपरासी ,१ असाेज

नेपाली कांग्रेसले नवलपरासीका नेता देवेन्द्रराज कँडेललाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले कँडेललाई केन्द्रीय कार्यसमितिमा समावेश गरिएको जानकारीसहित औपचारिक पत्र पठाएको हो।

सभापति गगनकुमार थापाले हस्ताक्षर गरेको पत्रमा १४औँ महाधिवेशनका तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विधानबमोजिम वर्तमान केन्द्रीय कार्यसमितिमा सदस्यका रूपमा समावेश गर्ने निर्णय गरिएको उल्लेख छ।

आज बिहीबार बसिरहेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेता कँडेललाई आमन्त्रण गरी केन्द्रीय कार्यसमितिमा समावेश गराइएको छ। यससँगै कँडेलको वर्तमान केन्द्रीय कार्यसमितिमा सहभागिता औपचारिक भएको छ।

भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार १४औँ महाधिवेशनका तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गर्ने निर्णय भएको थियो।

सभापति थापाले कँडेललाई पठाएको पत्रमा उहाँलाई केन्द्रीय कार्यसमितिमा हार्दिक स्वागत गरिएको उल्लेख छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित