Rashtriya Dainik

नेपाल प्रेस युनियन नवलपरासीकाे अधिवेशनको मिति तय, नयाँ सदस्यता खुला

राष्ट्रिय दैनिक / नवलपरासी ,१ भदौ ।

नेपाल प्रेस युनियन पश्चिम नवलपरासीको साधारणसभा तथा अधिवेशन आगामी भदौ १३ गते हुने भएको छ।

युनियनका जिल्ला सभापति उमेश कुमार बि.क.को अध्यक्षतामा परासीमा बसेको बैठकले साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले अधिवेशनलाई निष्पक्ष, व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न अधिवक्ता प्रकाश न्यौपानेलाई निर्वाचन अधिकृत समेत तोकेको छ।

यसैबीच युनियनले नयाँ सदस्यता खुला गरेको सचिव अनिल यादवले जानकारी दिएका हुन्। इच्छुक पत्रकार तथा सञ्चारकर्मीलाई निर्धारित प्रक्रिया पूरा गरी सदस्यता लिन आह्वान गरिएको छ।

अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै जिल्लामा पत्रकारिता क्षेत्रको संस्थागत विकास, पत्रकारको पेशागत हकहित तथा प्रेस स्वतन्त्रताको संरक्षणका विषयमा समेत नयाँ कार्यदिशा तय हुने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित